राष्ट्रिय समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम झनै उपलब्धिमुलक हुँदै, एकै गाउँमा ३० जनाले रोजगार पाए

0Shares

बेझाड । बेरोजगारले छ्याप्छ्याप्ती रहेको बेला नेपालमा प्रधानमन्त्री ओलीले स्वरोजगार कार्यक्रम लिएको करिब १०० दिन नाघी सक्यो | देशका विभिन्न ठाउँमा आबेदन दिनेको संख्या कतै बढ्यो भने कतै सुन्यमा रह्यो | धेरै ठाउँमा आबेदन सँग सँगै रोजगार पाउनेको लहर नै चल्यो |

कतिपय युवाहरु स्वरोजगार भएर देशका विभिन्न ठाउँमा आफ्नो काम लिएर पैसा आर्जन गरेका छन् भने कतिपयले आफ्नै गाउँमा रोजगार पाइरहेका छन् | यसै सिलसिलामा पाल्पाको रम्भा गाउँपालिकाले समेत प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत तीस युवालाई रोजगार दिन थालेको छ ।

बेरोजगार नागरिकलाई रोजगार दिने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा गाउँपालिकाले ३० जनालाई छनोट गरी रोजगार दिन लागेको होे । यस कार्यक्रमका लागि गाउँपालिकामा ४५० ले बेरोजगारी फारम भरेका थिए ।

गाउँपालिका–३ पिपलडाँडाको बेलपानीदेखि मौलाथरसम्मका लागि मोटरबाटो स्तरोन्नत्तिका लागि रु. चार लाख रकम विनियोजन गरी काम थालिएको गाउँपालिकाका अधिकृत भक्तजङ्ग रानाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *