राजनीति

तत्कालिन माओवादीको जनयुद्द पतनका कारणहरु यस्ता छन्

0Shares

माओबादी जनयुद पतनका पछाडी धेरै प्रकारका कारणहरुले काम गरेक छन् | कतिपय कारणहरु त्यसको राजनीतिक मान्यता सँग जोडिएका छन् | कतिपय कारणहरु देश विदेशको बस्तुगत परिस्थिति सो पार्टीको आत्मगत अवस्था र मुख्य नेतृत्व पंतिको धरातलीय यथार्त सँग जोडिएको छ |

भने साम्राज्यवादी बिस्तारबादी शक्तिहरुको घुसपैठ तथा तिनीहरुको सुनियोजित काम कारबाहीले पनि भूमिका खेलेको छ | तर यहाँ सबै कारणहरु मध्ये महत्वपूर्ण भूमिका खेलेका केहि पक्षहरुको मात्र यहाँ चर्चा गरिएको छ |

माओबादी जनयुद पतनको आधारभूत कारण हो | त्यसको आफ्नो स्वतन्त्र कार्यनीति नहुनु नेपाल जस्तो अर्धसामन्ती नव औपनिवेशिक देशमा नयाँ पार्टीको नेतृत्व पंतिले राष्ट्रिय मुक्त आन्दोलनको शत्रुका रुपमा रहेका साम्राज्यवादी शक्तिहरुको सहयोगलाई क्रान्तिका लागि उपयोगी रहेको भन्ने बिकृति चिन्तन थियो र नेपालको क्रान्तिको मुख्य बाधक रुपमा रहेको भारतीय बिस्तारबाद सँग पहिले नै सम्झौता गरी त्यसको भूमिमा आश्रयको व्यवस्था मिलाएको थियो |

भारतीय बिस्तारबादको प्रत्यक्ष निगरानी र पहुँच भित्रबाट संचालन गरिएको हुनाले त्यो सिमित चरित्रको दिग्भ्रमित युद्द थियो | यसर्थ कुनै न कुनै बिन्दुमा बिदेशी रणनीति अन्तरगत त्यसको बिसर्जन हुनु अनिबार्य थियो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *