समाज

अन्तरजातीय विवाह गरेकी प्रमिलाको यस्तो बिचल्ली, श्रीमानले दोस्रो बिबाह गरे सँगै जन्मेकी छोरी र आमाको यस्तो दुखद अवस्था (थप विवरण हेरी शेयर गर्नुहोस्)

0Shares

बिबाह हुनु अर्थात् एक आपसमा सम्बन्ध गासिएर जीवन भर साथ र कसम संगाली विश्वासको साथ नारीले आफ्नो जन्म घर छाडेर बेहुलाको घरमा जाने चलन छ यद्दपी तल्लो जात र उपल्लो जात भनेर कथित जातभोगीहरुले यस्तो विखण्डन समाजको निर्माण गरिदिए | आज त्यहि भोगाई भोगिरहेकी छन् पाँचथरकी प्रमिला सिवा |

उनको एक बर्ष अघि ताप्लेजुङको सिदिङवा गाउँपालिका– ४, साप्लाखुका विजय ताम्लिङ (लिम्बू) सँग प्रेम विवाह गरेकी हुन् । यहि जातभातको कारण देखाउंदै बिजयको परिवार र नातागोताको भनाई अनुसार नै प्रमिलाको श्रीमानले दोश्रो बिबाह गरे | गर्वती रहेकी प्रमिलाले अहिले छोरी जन्माएकी छन् | उनका श्रीमानले गर्भमा रहँदै प्रमिलालाई छोडेका हुन् |

अहिले प्रमिलाको अवस्था निकै बिजोग छ | १८ बर्षमा बिबाह गरेकी प्रमिलाले १९ बर्षमा भर्खर छोरीलाई जन्म दिएकी छन् | एक बर्षले फरक रहेका हुनका श्रीमानले अर्को बिबाह गरेपछि आफ्नो र शिशुको स्याहार गर्ने मान्छे कोहि नहुँदा झनै समस्या खेप्नु परेको प्रमिला बताउँछिन |

ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ काे साप्लाखुमा विवाह गरे पनि श्रीमान र सासु-ससुरासँगै झापाको काकडिभिट्टामा बस्दै आएकी प्रमिलाले विवाहपछि श्रीमानको घर परिवार र आफन्तजनबाट नै अन्तरजातीय विवाह गरेकै कारण दुर्व्यवहार र शारीरीक यातना खेप्नु परेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *